काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ३७ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार हेडक्वाटरमा आयोजित कार्यक्रममा आईजीपी सिंहले सूचना प्रविधितर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूणकुमार भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.सुरज राना, डा. दीपा न्हुच्छे प्रधान तथा डा. अमिनकुमार श्रेष्ठ र सवारीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, दानबहादुर कार्की, डा.मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर रानालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोबिन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादब, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री जिसी, दीपक रेग्मी, दिलिपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ्ग, संजीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी रहेका छन् ।
प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गरेका छन् ।
सिंहले पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्रीवृद्धिमा लाग्नुपर्ने बताएका छन् ।
प्रहरी महानिरीक्षक सिंहले कामका आधारमा प्रहरी कर्मचारीको मूल्याङ्कन हुने भएकोले संगठनप्रतिको जिम्मेवारी र आफ्नो व्यावसायिक कार्यकौशलतालाई कायम राखी उच्च मनोवलका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
सिंहले पदोन्नति भएका चिकित्सक प्रहरी अधिकृतहरूले बिरामीहरूको सेवा र रोगको निदान गर्न थप जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन् ।