अपडेट 
मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी |
२०७९ श्रावण ५, बिहीबार ०७:४२ बजे

काठमाडौं । मालबस्तु तथा ढुवानी साधानको अनुमगन प्रणाली (भीसीटीएस) को सहायतामा राजश्व अनुन्धान विभागले कर छलि गर्ने २७ व्यापारीलाई समातेको छ । विभागले ती व्यापारीबाट विगोसहित ४४ करोड ३८ लाखभन्दा बढी असुल गर्नु पर्ने जनाएको छ ।

राजस्व अनुसन्धान विभागले ती २७ जना व्यापारी विरुद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्धा दायर गर्दै उनीहरुलाई ६ महिनादेखि ५ वर्षसम्म कैद सजाय तोकिएको पर्ने माग गरेको छ ।

उनीहरुले झण्डै २२ करोड १९ लाख रुपैयाँभन्दा बढी रकम राजस्व छली गरेको आरोपमा अदालतमा मुद्धा दायर गरेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी दीपेश लेखकले जनाएका छन् । उनीहरुबाट विगो ४४ करोड ३८ लाख ९३ हजार ४०६ रुपैयाँ असुल गर्नु पर्ने देखिएको विभागले जनाएको छ ।

व्यवसायीहरुले मालबस्तु आयात गर्दा भन्सार नाका छलेको, प्रज्ञापन पत्र नभरेको, भन्सार, अन्तशुल्क, मूल्य अभिवृद्धि कर, लाभांश कर लगायत सबै प्रकारका कर छल्दै व्यवसाय गरेको विभागले जनाएको छ ।

पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यू मनकामना सप्लायर्स रुपन्देही र क्रेता सांग्रीला एक्सपोर्ट तथा राज फेन्सी कर्नर उल्लेख गरि मालवस्तु तथा ढुवानी साधनको प्रणालीमा प्रविष्ट गरि पठाएको तर उक्त मालवस्तुहरु अन्य फर्महरुले बिना बिलबिजक बुझिलिएकोले पशुपति रोड क्यारियर नेपाल प्रालि लगायतका विभिन्न फर्महरुको कारोबारमाथि छानविन हुँदा राजश्व छलि पुष्टि भएको विभागले जनाएको छ ।

जसमा विभागले सबैभन्दा धेरै पशुपति रोड क्यारियर नेपालका संचालकहरु महेन्द्र प्रसाद गुप्ता, राजेन्द्र प्रसाद गुप्ता र मधु कुमारी गुप्ता, कर्मचारीहरु भारतिय नागरिक ओमप्रकाश भनिने उपेन्द्र कुमार सिंह र अन्जियन आलम, न्यू मनकामना सप्लायर्सका प्रोप्राइटर रेखा जैसवाल र मुख्य कारोबारी रोकश प्रसाद जैसवाललाई २१ करोड ८५ लाख १३ हजार २०२ रुपैयाँ जरिवाना माग गरिएको छ । उनीहरुलाई ३ देखि ५ वर्ष कैद सजाय पनि माग गर्दै मुद्धा दायर गरिएको छ ।

त्यस्तै, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरत कुमार अग्रवाललाई ३ करोड ७ लाख ३६ लाख २७ हजार ४१ रुपैयाँ जरिवाना र ६ महिनादेखि १ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

त्यस्तै, श्री आर एण्ड एस इण्टरनेशनलका संचालक अमित प्रधान, व्यवस्थपाक सुजित महर्जन र कर्मचारी श्याम प्रसाद वस्याललाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय र २ करोड ८९ लाख २५ हजार ६५२ रुपैयाँ जरिवाना मागदावी रहेको छ ।

अरुण क्लोथ सपका प्रोप्राइटर चन्द्र बहादुर श्रेष्ठ, मुख्य कारोबारी भारतिय नागरिक टिंकु भनिने अभिषेक कुमार डालमिया र कर्मचारी जय वहादुर भट्टलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय र ५ करोड ३२ लाख ९४ हजार ५८४ रुपैयाँ जरिवाना, एनए इम्पेक्सका प्रोप्राइटर रिमा केडिया र मुख्य कारोबार सुभाष चन्द्र अग्रावाललाई ६ महिनादेखि १ वर्षसम्म कैद र १ करोड ८१ लाख ७२ हजार १४६ रुपैयाँ जरिवाना, एआर साडी कलेक्सनका प्रोप्राइटर सोहन शाह र नन्दन कुमार भारतीय नागरिकलाई ६ महिनादेखि १ वर्ष कैद सजाय र १ करोड ३१ लाख ४३ हजार ५२६ रुपैयाँ जरिवाना तोकिएको छ ।

अन्य ब्यक्तिहरुलाई भने १ करोड भन्दा कम रकम जरिवाना तोकिएको छ भने अधिकांशलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय तोकिएको छ । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ निषेधित कार्य गरेकोले उनीहरुलाई सोही ऐन अनुसार कारवाही माग गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय