अपडेट 
| यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा |
२०७९ श्रावण ५, बिहीबार ०८:१७ बजे

काठमाडौं– काठमाडौंको चावहिलस्थित एक गोदाममा प्रहरीको बिशेष टोलीले छापा मारेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले आज उक्त गोदाममा छापा मार्दा पटका (बिस्फोटक पदार्थ) सहित भन्सार छलीका बिभिन्न सामग्रीहरु फेलापरेको छ ।

अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरीको विशेष टोलीले गोदामबाट पटकासहित विभिन्न बिदेशी ब्रान्डका चुरोट, गुट्खा, हुक्का फ्लेबर्स र अक्सिमिटर बरामद गरेको हो ।

बरामद गरिएका बस्तु करिब १ करोड मुल्य बराबरका रहेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानाएका छन् ।

एसपी कोइरालाले भन्सार छलेर ल्याइएको सामान र गोदामका मालिक पर्साको सुखवा प्रसौनी गाउँपालिका १ घर भएर काठमाण्डौं कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको जनाएका छन् । ।

भन्सार छलीका सामानमा पटका समेत रहेकोले छबिलालमाथि विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा मुद्दा चलाइने कोइरालाले बताए । बरामद भएका सामानहरु राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय