अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७९ श्रावण ६, शुक्रबार १६:३७ बजे

महोत्तरी । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर रिहा भएका एक पुरुष काकाको हत्या आरोपमा फेरि पक्राउ परेका छन् ।

गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भुक्तान गरेर कारागारमुक्त भएका पिपरा गाउँपालिका–५ का रामनाथ दास पुनः कर्तव्य ज्यान मुद्दामा नै पक्राउ परेका हुन् ।

कोदालो प्रहारबाट आफ्नै काकाको हत्या गरेको आरोपमा शुक्रबार ४५ वर्षीय दासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनका काका रामबहादुर दास खेतमा गएको बेला कोदालोले कन्चटमा हानेर हत्या गरेको सबुद तथा दसी फेला परेपछि रामनाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनले काका रामबहादुर आँपको रुखमुनि सुतिरहेको अवस्थामा कोदालोको धारिलो भागले शरीरका विभिन्न भागमा प्रहार गरेका चोटपटक देखिएको प्रहरीको भनाइ छ ।

उनहरुबीच केही दिन अगाडी झगडा भएको थियो । घरबाट कोदालो बोकेर भतिज रामनाथले काका आँपको रुखमुनि सुतिरहेको थाहा पाएपछी घरबाट नै कोदालो बोकेर गएको प्रहरीको भनाइ छ ।

उक्त कोदालो रामनाथ दासको श्रीमतीले पहिचान गरेकी थिइन भने अभियुक्तको घरबाट अन्य प्रमाणसमेत फेला परेको थियो ।

पारम्भिक बयानमा रामनाथले समेत हत्या गरेको स्वीकार गरेका छन । काकाको हत्यापछि नुहाएका रामनाथले हत्याका क्रममा रगत लागेको आफूले लगाएको कपडामा धोएर सुकाएको अवस्थमा प्रहरीले बरामद गरेको छ ।

यसअघि पनि साविक सहोडवा–५ बस्ने राम बिलास दास तत्मा लाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा रामनाथ ७ वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका हुन् ।

गणतन्त्र दिवस अवसरमा राष्ट्रपति माफि मिनाह पाएर उनी केन्द्रीय कारागार त्रिपुरेश्वरबाट रिहा भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय