अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७९ श्रावण ६, शुक्रबार १७:५८ बजे

बारा । सशस्त्र प्रहरीले बाराबाट ठुलो परिमाणमा लागूऔषध गाजा सहित २ जनालाई पक्राउ गरेको छ ।

बाराको माहागढीमाई नगरपालिका – ५ तेलगाई बाटो हुँदै दक्षिण सिमातर्फ लैजादै गरेको लागूऔषध गाजा र बा ५ ख ८०७५ नम्बर पलेटको ट्रक सहित २ जनालाई शुक्रबार पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीके ट्रक चालक मकवानपुर जिल्लाको कैलास  गाउँपालिका – ६  सानु लेख निवासी मान ब.रुम्बाको छोरा अन्दाजी वर्ष २९ को राज कुमार रुम्बा र भारतिय नागरिक मोतिहारी जिल्ला थाना संग्रामपुर वार्ड न: ११ भरवलिया निवासी श्याम लाल महतोलाई  पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा चेकजाच गरी प्रतिबन्धित तैयारी गाजा १० पोका अन्दाजी १५० केजी बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।

लागु औषध गाजा सहित बरामद भएको ट्रक र चालक रुम्बा र महतोलाई अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय