बिरगंज – भारतसंग खुल्ला रुपमा जोडिएको सिमा क्षेत्र रहेको पर्सामा अहिले निर्वाद रुपमा भारतिय प्रतिबन्धित लागुऔषध , साना हातहतियार ओसारपसार , हुण्डी कारोबार , भन्सार छली चोरी तस्करी लगायतको कारोबार फस्टाउन थालेको छ ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल बिओपी प्रसौनीभाठाबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ सीमा क्षेत्रबाट प्रतिबन्धित लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ ।
ना. ३१ प १६९२ नम्बरको मोटरसाइकलमा सवार पर्साको पटेर्वासुगौली गाउँपालिका २ रंगपुर निवासी २७ वर्षीय सन्तोष पटेल र सोही ठाउँका ३७ वर्षीय बिरबल चौधरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार उनीहरुको साथबाट १ सय पत्ता नाइट्रोभेट ट्याब्लेट, १ सय एम्पुल डाइजेपाम, ९५ एम्पुल नुर्फिन र ९९ सय एम्पुल फेनार्गन बरामद भएको हो ।
त्यस्तै करिब ५ तोलाको चाँदीको ब्रासलेट, २ थान मोवाइल सेट र नेपाली १ सय र १ सय २० भारतीय रुपैयाँ पनि उनीहरुको साथबाट बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।