अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७९ श्रावण ८, आईतवार १६:३२ बजे

काठमाडौँ । नेपाल प्रहरीका ११ एसपीको सरुवा भएको छ । सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ । बस्नेत प्रहरी प्रधान कार्यालयका प्रबन्ध शाखामा कार्यरत थिए । रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इञ्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।

भक्तपुरमा कार्यरत शिवकुमार श्रेष्ठलाई अख्तियारमा सरुवा गरिएको छ । कार्य विभागमा कार्यरत अनुपम शम्शेर जबरा इन्टरपोल शाखामा सरुवा भएका छन् । सिआइबीमा कार्यरत विश्व अधिकारी युएन शाखामा सरुवा भएका छन् । युएन शाखाबाट गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय