जनकपुरधाम,१२ साउन। ट्याक्टर प्रयोग गरी अवैधरुपमा ओसारपसार भइरहेको काठसहित धनुषा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
बिहिवार धनुषा प्रहरी कार्यालय मातहत रहेको ईलाका प्रहरी कार्यालय सबैलाबाट खटेका गस्ती टोलिले सबैला नगरपालिका वार्ड नं.९ स्थित भठिहनमा ज १ त ९३४८ नं को ट्रेक्टरमा जङली काठ अं. ५५ क्यु.फिट र फ्लायक ६ थान ट्याक्टरमा लोड रहेको अवस्थामा बरामद गरेका छन्।
चालक शहिदनगर न.पा वडा नं २ बस्ने ३० वर्षको श्रवण कुमार यादवले लुकाई छिपाई ल्याई रहेको अवस्थामा नियन्त्रणमा लिएका थिए। उक्त काठ, ट्रेक्टर र मानिसलाई आवश्यक कार्वाहीको लागी ईलाका वन कार्यालय धनुषाधाममा पठाएका छन।
प्रतिक्रिया!