२०७९ श्रावण १२, बिहीबार ०७:४६ बजे

काठमाडौं । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्यास’ लिएका छन् । तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्यासी’ बनाएका हुन् ।

डा. राउत एक साताअघि ओशो तपोवन पुगेका थिए । सात दिनसम्म ध्यानमा बसेपछि उनी सन्न्यासका लागि योग्य बनेका हुन् । ओशो सम्प्रदायभित्र सन्यासलाई समाजबाट स्वतन्त्र हुनु भन्ने बुझिन्छ । ‘स’ ले समाजलाई र ‘न्यास’ ले स्वतन्त्रतालाई जनाउँछ ।

ओशो तपोवनमा ध्यान बस्नेहरुमध्ये थोरैले मात्रै संन्न्यास प्राप्त गर्ने गरेका छन् । ध्यानका माध्यमबाट आफ्नो विचारलाई नियन्त्रण गर्न सक्ने, सही आचरणमा बस्न सक्ने तथा सांसारिक सुखबाट मुक्त रहन सक्नेहरु सन्यासका लागि योग्य ठहरिन्छन् । यही योग्यता प्रस्तुत गरेर डा. राउत सन्यासी बनेका हुन् ।

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणबाट अध्यक्ष राउतले सन्यास लिएका हुन् । एक साता अगाडिदेखि तपोवनमा रहेका उनी सन्यास लिएपछि माला र नयाँ नाम प्राप्त गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय