अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ श्रावण १५, आईतवार १४:२९ बजे

अर्घाखाँची – अर्घाखाँचीमा उधारोमा ट्रक बिक्री गरेका एक व्यक्तिले पैसा तिर्न नसकेपछि क्रेताको हत्या गरेका छन् ।

ट्रक क्रेता अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय विष्णुबहादुर पाण्डेको विक्रेता अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भन्ने कुलचन्द्र गौतमले हत्या गरेका हुन् ।

गत साेमबार पाण्डे गौतमसँग लु १ ख ७७८१ नम्बरको ट्रक पास गर्न भनी हिँडेकोमा सोही दिनदेखि सम्पर्कविहीन बनेका थिए ।

छोरी शिला पाण्डेले बुबा हराएको भनी गत बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिएपछि प्रहरीले विष्णुबहादुरको खोजी सुरु गरेको थियो ।

खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले स्थानीयहरूको सहयोगमा शनिबार दिउँसो करिब ३ बजे अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा विष्णुबहादुरलाई मृत फेला पारेको हो ।

हत्यामा संलग्न गौतम आइतबार बिहान साढे ९ बजे नेपाल–भारत सीमा क्षेत्र बेलहियावाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रहरीका अनुसार गौतमले विष्णुबहादुरलाई १६ लाख रुपैयाँमा पछि पैसा भुक्तानी गर्नेगरी ट्रक नामसारी गरिदिएका थिए । तर, विष्णुबहादुर घर निर्माण र मोटरपार्ट्स सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन सक्ने अवस्थामा थिएनन् ।

ट्रकको पैसा तिर्न नसक्ने बुझेपछि गौतमले हत्या गर्ने योजना बनाएर विष्णुबहादुरलाई गत साेमबार अर्घाखाँचीस्थित आफ्नो घर लिएर गए ।

त्यसको भोलिपल्ट गौतमले कालिज मार्न भनी विष्णुबहादुरलाई जंगलमा लगेर पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको र सोही स्थानमा रहेको भीरबाट तल खसालेको खुलेको प्रहरीले जनाएको छ ।

गौतमले विष्णुबहादुरको हत्यामा प्रयोग गरेको फलामको रड बुटवल उपमहानगरपालिका–२ मैनावगरस्थित गौतम आफैंले सञ्चालन गरेको जय मोटरपार्ट्समा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरेको छ ।

पक्राउ परेका गौतममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय