अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७९ श्रावण १५, आईतवार १६:२१ बजे

नेपालगञ्ज : सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालगञ्ज ल्याउँदै गरिएको ठुलो परिमाणमा झण्डै साढे ६ लाख रुपैयाँ बराबरका कपडा, म्याजिक भ्यान, चिनी लगायत विभिन्न किराना सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण चौधरीको कमाण्डमा गएको टोलीले आइतवार बिहान ६ बजे भन्सार छली गरेर ल्याइँदै गरिएका ठुलो परिमाणमा कपडा बरामद गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरीको चौलिका चेक पोस्टमा खटिएको टोलीले आइतवार दिउँसो जाँच गर्ने क्रममा भाग्दै गरेको भे १ ज १०९८ नम्बरको म्याजिक भ्यानलाई नियन्त्रणमा लिएर भ्यानसहित ठुलो परिमाणमा चिनी बरामद गरेको छ ।

सशस्त्र प्रहरीको अर्को टोलीले नेपालगञ्जका अन्य अवैध नाकाबाट भन्सार छली गरेर ल्याइँदै गरिएका किराना तथा हार्डवयरका सामग्री, पेय पदार्थ लगायतका अन्य सामग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीद्वारा बरामद गरिएका ६ लाख ३२ हजार ४५० रुपैयाँ बराबर अवैध सामग्री, म्याजिक भ्यान लगायतका सामग्रीलाई आइतवारनै नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय