काठमाडौं – १६ साउन । नेपाल प्रहरीको कमाण्ड सम्हालेपछि प्रहरी महानिरीक्षक (आईजी) पहिलोपटक नेपालको सुदूरपश्चिम पुगेका छन् ।
प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह कैलालीको धनगढीमा सोमबारदेखि प्रहरी अस्पतालको उद्घाटनका लागि धनगढी पुगेका हुन् । सिंहले सोमबार एक विशेष कार्यक्रमबीच अस्पतालको उद्घाटन गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र उक्त अस्पताल खोलिएको हो।
प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखा धनगढीमा पनि खुलेको हो। सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ ।
उक्त समारोहमा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाललगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया!