२०७८ श्रावण ४, सोमबार १३:४३ बजे

काठमाडौं।  यतिबेला  काठमाडौं क्षेत्र नं ३ मा  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको लागि क्षेत्र देखि इकाईसम्म नेताहरुको चहलपहल  बढेको छ। काठमाडौं क्षेत्र नं ३ मा काँग्रेसका नेता कार्यकर्ताहरुले  भेटघाटलाई तिब्रता दिन थालेका छन् ।  कांग्रेसका क्रियाशील सदस्यहरुमाँझ नेताहरु आफ्नो नेतृत्वको दावी सहित जिताउनको लागि लागिपरेका छन् ।

आगामी महाधिवेशनबाट आफ्नो नेतृत्व दाबी सहित यतिबेला काठमाडौं क्षेत्र नम्बर ३ को साबिकको गोकर्णेश्वर वडा नम्बर १०, हालको गोकर्णेश्वर वडा नम्बर ४ मा नेपाली काङ्ग्रेस  इकाइ सभापतिको लागि श्री राम श्रेष्ठले उम्मेदवारी  पेस गरेका छन् । नेपाली कांग्रेसलाई आगामी चुनावमा पहिलो पार्टी बनाउन,विजयी बनाउनका लागि,पार्टीलाई शक्तिशाली बनाउन  सबै सक्रिय सदस्यहरुलाई सम्मानजनक ढंगले समेटेर अगाडी बढाउने योजनाका साथ  इकाई सभापतिमा आफुले उम्मेदवारी दिएको श्रेष्ठले  बताए ।

काठमाडौं क्षेत्र नं. ३ को साबिकको गोकर्णेश्वर वडा नं १०का इकाई सचिब समेत रहेका श्रेष्ठले  इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर पार्टीको नीतिनियम अनुसार अगाडी बढ्ने बताए ।
फाइभ स्टार युवा क्लबका कोषाध्यक्ष त्यस्तै नागरिक वडा मंचका संयोजक समेत रहेका उनले नेपाली काङ्ग्रेसलाई  हाम्रो नेपाली काङ्ग्रेस बनाउन आफ्नो तर्फ बाट सदैब लागिपर्ने समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय