रसुवामा बलियो बन्दै एमाले , दर्जनौं माओवादी नेताकार्यकर्ता एमालेमा प्रवेश



रसुवामा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस परित्याग गरि दर्जनभन्दा धेरै नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छ्न , नवप्रवेसीलाइ पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा टीका लगाइ पार्टीमा स्वागत गरिएको छ ।
नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य उद्धव रिजालको नेतृत्वमा माओवादी केन्द्र र नेपाली काग्रेसका नेताहरू एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य उद्धव रिजाल, जिल्ला कमिटी सदस्य शंकरप्रसाद न्यौपाने, कालिका गाउँपालिका उपाध्यक्ष रामशरण कुइँकेल, चित्रप्रसाद देवकोटा, बलराम ढकाल, तोयानाथ न्यौपाने, मोहनसिङ थिङ, बहादुर लोप्चन , वीर बहादुर थिङ, फुलमाया थिङ, हित बहादुर थिङ लगाएतका नेता तथा कार्यकर्ताहरु रहेका छ्न ।
नव प्रवेशीहरुमा रसुवामा स्थापित नेताहरू धेरै रहेका छ्न ।
पुराना राजनीतिज्ञ रिजाल २०४८ मै नेकपा मसाल सदस्य थिए । २०५१ सालमा नेकपा एकता केन्द्र रसुवाको जिल्ला सदस्य बनेका उनी २०५५ मा नेपाल राट्रिय शिक्षक संगठन रसुवा जिल्ला अध्यक्ष , २०६४ मा नेकपा माओवादीको सदस्य हाल नेकपा माओवादी बागमती प्रदेश सचिवालय सदस्य हुन् । उनी २०७४ सालमा कालिका गाउँपालिका अध्यक्षमा थोरै मतले पराजित भएका थिए ।

कालिकामा परिचित शंकर प्रसाद न्यौपाने नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य तथा कालिका वडा नं २ का इन्चार्ज हुन् । सिताराम पौडेल नेकपा माओवादी केन्द्रका जिल्ला कमीटी सदस्य हुन् । बलराम ढकाल एकीकृत नेपाल शिक्षक संगठनका सदस्य हुन् । चित्र प्रसाद देवकोटा माओवादी केन्द्रको कालिका गाउँपालिका कमिटी सदस्य तथा कालिका गाउँपालिका वडा नं २ का अध्यक्ष हुन् । बहादुर लोप्चन पुर्ब भोर्ले गाबिस उपाध्यक्ष तथा पालिका कमिटी सदस्य हुन् । मोहनसिङ थिङ जिल्ला कमिटी सदस्य तथा नौकुन्ड ५ वडाअध्यक्षका प्रत्यासी उम्मेदवार हुन् । तोयानाथ न्यौपाने नेपाली काङ्ग्रेस समर्थक हुन् । वीर बहादुर थिङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्य प्रत्यासी थिए ।
कार्यक्रममा नेकपा एमाले रसुवाका नेताहरू कर्नेल लामा , छोवाङ तेन्जेन तामाङ ,अशोक घिमिरे ,कुल प्रसाद भट्ट ,जनार्दन ढकाल ,तेम्ब्रेल तामाङ ,चमेली बिक ,पेम्बा लामा, सुभद्रा देबकोटा ,कैसाङ तामाङ लगायतको उपस्तिथि थियोे ।
कार्यक्रमको संचालन युवा नेता जनार्दन ढकालले गरेका थिए ।

माओवादी केन्द्रका स्थापित नेताहरू नेकपा एमालेमा प्रवेश गरेपछि जिल्लामा तरङ्ग उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज