अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७९ श्रावण १७, मंगलवार ०२:३५ बजे

म्याग्दी । हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पहिरोले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ ।



पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो । पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय