२०७९ श्रावण १७, मंगलवार ०४:५० बजे

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमा प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्।

माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका कन्चन निरौलालाई प्रेम प्रस्ताव राखेका हुन् ।



इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले आफूले यो पल जीवनको अन्तिम समयसम्म पनि नभुल्ने बताएका छन् । कन्चनले किरणको प्रेम प्रस्ताव स्वीकार गरेकी छिन् ।

अहिले मैदानमा नै किरणले प्रेम प्रस्ताव राखेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय