२०७९ श्रावण १७, मंगलवार ०५:१६ बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्रिया कार्यक्रममा बोल्दै उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताएका हुन् ।



संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरक मत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय