२०७९ श्रावण १७, मंगलवार ०५:२३ बजे

चितवन । चितवन र नवलपरासी क्षेत्रमा भारी वर्षा भएको छ । मंगलवार बिहान ६ बजेसम्ममा सो क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षापछि नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको विभाग जनाएको छ।



नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि)नजिक पुगेको विभागले जनाएको हो ।

विभागले सो क्षेत्र तथा आसपासका क्षेत्रमा मंगलवार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय