भारततर्फ लैजादै गरेको ३६ किलो गाँजासहित एक जना पक्राउ



विराटनगर । प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

जहदा गाउँपालिका–२ हरिनगराबाट मङ्गलबार बिहानका ३६ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।



नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको अवस्थामा जहदा२ का २५ वर्षीय मुकेश गुरुङलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तीन जनाले बोकेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई जना भने फरार भएको प्रहरीले बताएको छ । पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज