२०७९ श्रावण १७, मंगलवार ०६:३७ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नक्सामा अण्डरग्राउण्ड पार्किङ पास गराएर अन्य प्रयोजनका लागि प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका छन् ।

घरधनीले नक्सामा पार्किङ बनाउने उल्लेख गरे पनि त्यस ठाउँमा सटर हालेर पसलहरू राखिएको भेटिएको भन्दै उनले फरक प्रयोजनमा प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका हुन् ।



मेयर बालेनले अण्डरग्राउण्ड पार्किङको नक्सा पास भएको घरमा भएको पसलहरू खाली गराउन निर्देशन दिएका हुन् ।

यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय