गौतमश्रीका अध्यक्षको विज्ञप्ति : जायजेथा बेचेर पनि बचत रकम फिर्ता गर्छु



काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले यस्तो बताएका हुन् ।

रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको गौतमले बताए ।



सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको गौतमले ‘गौतम बिजनेस ग्रुप’ नामको इमेलमार्फत पठाएको विज्ञप्तिमा उल्लेख छ ।

१,१४५ जना बचतकर्ताले सहकारी विभागमा संस्थाविरुद्ध ठगीको उजुरी गरेको भोलिपल्ट गौतमको विज्ञप्ति सार्वजनिक भएको हो ।

हेर्नुहोस् विज्ञप्तिः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज