२०७९ श्रावण १७, मंगलवार ०७:३६ बजे

विराटनगर । विराटनगर विमानस्थलबाट सुनका गहनासहित मंगलबार एकजना पक्राउ परेका छन् ।

यति एयरलाइन्सको जहाजबाट काठमाडौं जान लागेका सुनसरी इटहरीका अन्दाजी ४५–५० वर्षीय कुलबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।



शंकास्पद तरिकाले लैजान लागेको २० तोला सुनका गहनासहित पक्राउ परेर सुनुवारलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सुनुवारले भने बैंकबाट तीन किलो सुन किनेको र केहीको गहना बनाएर काठमाडौं लैजान लागेको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय