
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीनजनाको शव भेटिएको छ।
मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन एकै परिवारका तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको हो ।
पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालेको थियो भने घामबहादुर विक, राजु विक र रोजी विकको शव समेत निकाली कानुनी प्रक्रियाको काम भइरहेको प्रहरीले जनाएको छ ।
उद्धारमा बिहानैदेखि खटिए पनि भीषण वर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो।
प्रतिक्रिया!