अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ श्रावण १७, मंगलवार ०९:३६ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले शपथको व्यहोरा संसदबाटै पास गर्नुपर्ने बताएका छन्।

शपथ सम्बन्धी विधेयक २०७९ माथिको छलफलमा बोल्दै उनले शपथ खुवाउनेले एउटा र खानेले अर्को बोल्दा हास्य-व्यङ्ग्यको पात्र बन्ने भन्दै सबै व्यहोरा संसदबाटै टुंगो लगाउनुपर्ने बताएका हुन्।



‘शपथ खुवाउनेले एउटा, खानेले अर्को कुरा नभनौं’, जनता भन्ने भए पनि यहिँ लेखौं, इश्वर भन्ने भएपनि यहीँ लेखौँ । के भन्ने हो यहीँबाट पास गरौं।’ महतले भने, ‘कि जनता वा इश्वर लेखि दिउँ। होइन भने जे लेखेको हो त्यहि भनौं।’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शपथप्रति लक्षित गर्दै उनले भने, ‘राष्ट्रपतिले एउटा र प्रधानमन्त्रीले अर्को कुरा भन्दा हाँसोको पात्र बनिन्छ। ख्याल गरौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय