नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबरीमा



काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।



फाइनल पुग्नका लागि नेपालले बंगलादेश विरुद्धको खेल जित्नुपर्नेछ । पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन ।

खेलको १५ औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो ।

३३ औं मिनेटमा दिपशे गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पञ्च गर्दै बचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज