घुससहित पक्राउ परेका उप-सचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद



काठमाडौं । सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित होटेल आरन्याको कम्पाउन्डबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।



उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ ।

उक्त रकम पनि उपसचिव नेपालले घूसबापत लिएको हुनसक्ने र यससम्बन्धी अनुसन्धान अघि बढेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए ।

एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालन अनुमतिका लागि मन्त्रालयमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज