गाईको मासुसहित दुईजना पक्राउ | Online Nepal



बाँके । बाँकेमा गाईको मासुसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलाका ४६ वर्षीय सलाउद्दीन जोलाहा र सोही ठाउँका ५३ वर्षीय बदरुद्दीन जोलाहालाई डेढ क्विन्टल गाईको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरुसँग गाई काट्न प्रयोग हुने औजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि गौबधसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज