२०७९ श्रावण १७, मंगलवार १६:०२ बजे

एजेन्सी । चीनको निरन्तर चेतावनीबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् ।

मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् । उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् ।



अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यस भ्रमणलाई पछिल्लो २ दशकभन्दा लमो समयको अन्तरालमा अमेरिकी उच्च अधिकारीको महत्त्वपूर्ण भ्रमणको रुपमा व्याख्या गरिएको छ ।

अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले भने सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउदै आएको छ ।

यसैबीच पेलोसीको भ्रमणलाई लिएर यसअघि नै चीनले कडा शब्दमा अमेरिकालाई चेतावनी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय