अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७९ श्रावण १८, बुधबार ०१:५३ बजे

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ ।

केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका लागि खासै दौडधुप गरेका छैनन् । निजामती क्षेत्रमा अर्थसचिव सबैभन्दा आकर्षकमध्येको पद हो ।



अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानुनी व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएर बिदामा बसेका थिए । अर्थसचिव मरासिनी अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएपछि सरकारले नयाँ अर्थ सचिवको खोजी गरेको हो ।

अर्थमन्त्री शर्मामाथि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति नै बनाएर छानबिन प्रतिवेदन तयार गर्दा अर्थ मन्त्रालयको सीसीटिभी फुटेमा बजेट सार्वजनिक हुने अघिल्लो दिन गत १४ जेठको राति अन्य व्यक्ति प्रवेश गराइएको नदेखिएपछि शर्माले बहुमतबाट सफाइ पाएका थिए तर सो समितिमा रहेका एमालेका सांसदले भने असहमति जनाउँदै फरक मत राखेका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय