अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७९ श्रावण १८, बुधबार ०२:५३ बजे

एजेन्सी । रुसी सर्वोच्च अदालतले युक्रेनको फौजी रेजिमेन्ट (एजोभ) लाई आतंककारी संगठन घोषणा गर्ने भएको छ । जसलाई रुसमा प्रतिबन्ध लगाउने अदालतले जनाएको छ ।

गत मे महिनामा रुसको महान्यायाधिवक्ताको कार्यालयले सोही रेजिमेन्टलाई आतंककारी संगठन घोषणा गर्ने प्रस्ताव अघि सारे अनुरुप रुसको सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।



अदालतको यस निर्णयसँगै अब मस्कोले हिरासतमा राखेका युक्रेनी युद्धबन्दीलाई आतंकवादको अभियोग लगाउन सक्ने छ ।

दक्षिण पूर्वी युक्रेनी शहर मारियुपोलको प्रतिरक्षाका लागि प्रमुख भूमिका खेलेको एजोभलाई रुसी अधिकारीहरूले युक्रेनी सर्वसाधारणमाथि अत्याचार गर्ने संगठनको रूपमा चित्रण गर्दै आएका छन् ।

तर रुसले भने आफ्नो अभियोग पुष्टि गर्ने खालका कुनै प्रमाण अझैसम्म पनि पेश गरेको छैन् । एजोभ रेजिमेन्ट युक्रेनको नेसनल गार्डको एउटा युनिट हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय