श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी | Online Nepal



बुटवल । रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

चौधरीले इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीविरूद्ध जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।



मोहनले साउन १५ गतेदेखि पटक-पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै वर्षाले कारबाहीको माग गरेकी छन् ।

श्रीमानले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी चौधरी एवम् ससुराले समेत बेवास्ता गर्दा आफ्नो बच्चाको लालनपालनमा समस्या भोगेको जाहेरीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज