तोलामा ३०० रुपैँयाले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ ।



यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ ।

महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो मंगलबार यसको कारोबार मूल्य प्रतितोला १२ सय २० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज