काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् ।
विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।
प्रतिक्रिया!