अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७९ श्रावण १८, बुधबार ०८:१० बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जाको सुविधा खारेज गरेको छ ।

बैंकले हालैमात्र बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था खारेज गरेको हो । राष्ट्र बैंकले निर्देशनको ई.प्रा निर्देशन नं. २ को बुँदा नं. ९ को उप बुँदा ६ को (उ) हटाएको हो ।



यसअघि कोभिड–१९ बाट प्रभावित विभिन्न पेसामा संलग्न पेसागत व्यवसायीहरूलाई प्रदान गरिने कर्जा सो बुँदामा समेटिएको थियो ।

यस्तै, कोभिड–१९ का कारण अति प्रभावित, मध्यम प्रभावित उद्योग व्यवसायी तथा पेसाकर्मीहरूलाई प्रदान गरिएको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना लगायतका सम्पूर्ण सुविधा समेत राष्ट्र बैंकले यसै संशोधनमार्फत कटौती गरेको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले लिएको नीति सोही कार्यान्वयनका लागि बैंकले यस्तो सुविधा हटाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय