अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७९ श्रावण १८, बुधबार ०९:२१ बजे

काठमाडौं । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड ०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डको टाइटल स्पोन्सर राइड सेयरिङ एप साहारा एपले गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा छ । म्युजिक अवार्डमा ०७८ सालभरीमा बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्ड निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।



अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए ।
साहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय