
राजन कुमार बानियाँ – पोखरिया, ५ सावन l बिना औषधी को पोखरिया अस्पताल अस्पताल र समित आफ्फै बिमार भएको अवस्था रहेको छ।पर्साको दोस्रो सदरमुकाम को रुपमा रहेको पोखरिया अस्पतालमा पुगेका बिरामीहरु ओपिडी पाउने निशुल्क औषधी र स्वास्थ्य बिमा पाउने औषधी नपाउँदा बिरामी हरु थप पिडामा परेका छन।
पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा विगत ४ महिनादेखि बिरामीहरुले ओपिडी पाउने निशुल्क औषधी र स्वास्थ्य बिमा को लागि उपल्भद हुने औषधी समेत नपाएको कारण बिरामी हरु खाली हात घर फर्कन बाध्य भएका छन् ।
उपचार गराउन पुगेकी धोबिनी गाउँपालिका वाड नं ४ लंगडी कि ज्ञान्ती देबी ले स्वास्थ्य बिमा को कार्ड लिएर जादा पोखरिया अस्पताल ले २५ रुपैया लागने टिकट को २ सय को टिकट र रगत पेसाब को नाउँ मा १३ सय गरि १५ सय को बिल बनायो तर डाक्टर ले लेखेको औषधी अस्पताल बाट एक रुपैया को औषधी पाएन डाक्टर ले लेखे को औषधी अस्पताल बाहिर दुई हजार मा किन्न बाध्य बनाएको थियो ।
स्वास्थ्य बिमाको कार्ड रहेपनी पोखरिया अस्पताल ले औषधी उपलभद नगराएको मा बाध्य भएर बाहिर किन्नु परेको बताईन । पोखरिया अस्पताल मा निशुल्क औषधी र स्वास्थ्य बिमा को औषधी नपाएको कारण समस्या देखिएको गुनासो गरिन।नेपाल सरकार ले लागू गरेको स्वास्थ्य बिमा गाउँ गाउँ का जनता हरु ले स्वास्थ्य बिमा खोले पनि जनता हरु लाई फाईदा नरहेको देखिएको छ।
स्वास्थ्य बिमा मा लगानी बालुवा मा पानी जस्तै भएको छ। नेपाल सरकार ले निशुल्क औषधी खरिद र स्वास्थ्य बिमा को औषध् खरिद को लागि करोडौं रकम पठाएपनी पोखरिया अस्पताल का मेडिकल सुपरिटेन्डेन्,अस्पताल समिति र पोखरिया नगरपालिका ले बह्रम लुट मचाएर अौषधी बिहिन अस्पताल बनाएका छन।
बिना औषधी पोखरिया अस्पताल ,अस्पताल र समिति औफ्फै बिमार कसरी गर्छ बिरामी को उपचार यस्तै अवस्था भएको छ पोखरिया अस्पताल को। अहिले ग्रामिण क्षेत्र मा मौषम परिवर्तन भएको ले अहिले भाईर ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल आएपनी घण्टौं कुरेपछि चेकजाँच गरिने गरेको र डाक्टर हरु ले लेखेको निशुल्क औषधी नपाएको ले बिरामी हरु घर फर्कन बाध्य बनेका छन ।
जबकि प्रदेश सरकार मातहत रहेको सो अस्पताललाई ओपिडी सेवा बिहान १० बजेदेखि २ बजेसम्म सन्चालन गर्न निर्देशन छ । तर प्रदेश सरकारको निर्देशनको अवज्ञा गर्दै चिकित्सकहरु भने अस्पतालको ड्युटी छोडेर आफ्नो निजी क्लिनिकमा पुग्ने गरेका छन् । बाहिर निजी क्लिनिकमा चेक गराउन बाध्य बनाएर निशुल्क पाउने औषधी समेत बाहिरका औषधी पसलबाट किन्न पोखरिया बैरिया का सुखल पटेल ले गुनासो गरेका छन।
पोखरिया अस्पताल पुग्ने जो कोही पनि यस्तै पिडा भोग्न बाध्य भए का छन् । धेरै जोगी मठ को उजाड भन्ने अवस्था भईसकेको छ पोखरिया अस्पताल को यो भन्दा पहिला नै ठिक थियोे ।
अस्पताल मा निशुल्क औषधी बिरामीहरुले पाईरहेको थियोे । अहिले तीन तह को सरकार रहेपनी कमाउने खाने अस्पताल बनाई दिएका छन। यस विषयमा पोखरिया अस्पताल मेडिकल सुपरिटेन्डेन्ट संजय गुप्ता संग बुझ्दा पोखरिया अस्पताल को अवस्था नै दयनिय बनेको ले औषधी नै कहापाउने बताए ।
औषधीको विषयमा बुझ्दा अस्पतालको फार्मेसीबाट निशुल्क वितरण गरिने ७० प्रकारको औषधीमध्ये विगत ४ महिनादेखि ५ प्रकारको औषधी मात्र अस्पतालको फार्मेसीमा रहेको उनले बताइन् ।
नेपाल संघिय सरकार ६० लाख र प्रदेश सरकारले पोखरिया अस्पतालमा औषधी खरिद गर्नको लागि ५० लाख रुपैया गरि करोडौं को रकम पठाएपनी अस्पताल समिति र नगरपालिका ले ब्रहमलुट गरेका छन। समिति का अध्यक्ष लक्षमण साह संग सोधदा औषधी खरिद भईएर पोखरिया अस्पताल मा गईसकेको छ डाक्टर हरु किन बितरण गरिरहेको छै।