२०७९ श्रावण १८, बुधबार १०:०३ बजे

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ६.७१ अंक (०.३१ प्रतिशत) ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ । मंगलबार पनि एकल अंकको सामान्य गिरावट भएको नेप्से बुधबार पनि घटेको हो । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ ।

व्यापार, हाइड्रोपावर र लघुवित्त उपसूचक भने बढेको छ । बुधबार नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब २९ करोडको कारोबार भएको बजारमा बुधबार ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजारको कारोबार भएको छ ।



जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २५ करोड ३४ लाख ३० हजारको कारोबार हुँदा अपी पावर कम्पनीको १५ करोड १७ लाखको कारोबार भएको छ । बुधबार बजारमा कुल १८० कम्पनीको सेयर कारोबार भएकोमा ९६ कम्पनीको सेयरमूल्यवृद्धि ७७ कम्पनीको सेयरमूल्य घटेको छ ।

त्यस्तै ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकोमध्ये सामलिङ पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय