२०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेकोे संयुक्त प्रस्ताव



एजेन्सी । २०३० विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त प्रस्ताव पेस गरेका छन् ।

यो चार देशको मात्रै नभइ पूरा महादेशको सपना भएको दक्षिण अमेरिकी फुटबल महासंघ( कम्बोल) का अध्यक्ष अलेजेन्ड्रो डोमिन्र्गुजले बताए ।



‘यो एउटा सिंगो महादेशको सपना होे’, उनले भने । अध्यक्ष डोमिन्र्गुज भन्छन्, ‘विश्वकप धेरै हुन्छन्, तर १०० वर्षमा एक पटक विश्वकप घरेलु मैदानमा आउनु पर्छ ।’ उरुग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको थियो ।

चिलीले भने सन् १९६२ को विश्वकप आयोजना गरेको थियो । अर्जेन्टिनामा १९७८ मा आयोजना भएको हो । २०२२ को विश्वकप कतारमा हनेछ भने २०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टुङ्गो लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज