प्रतिबन्धित लागूऔषधसहित २२ जना पक्राउ



काठमाडौं । प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो ।



असार ३२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १ का २७ वर्षका राजकुमार तामाङ,ताप्लेजुङकै मौवाखोला गाउँपालिका–१ कि ३५ वर्षकी सुशीला तामाङ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

बरामद गरिएको लागूऔषधको कूल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज