नक्कली सामान उत्पादन गर्ने कस्मेटिक कारखानामा प्रहरी छापा



काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँ बस्तीमा रहेको कस्मेटिक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ ।

नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



कम्पनीले कमसल सामान उत्पादन गरेर नाम चलेका कम्पनीको स्टिकर टाँसेर बजारमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कारखानामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिल गरेर अनुसन्धान थालेको छ । कारखानामा ५ करोड भन्दा बढीको सामान भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज