अपडेट 
भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु | सिमलताल पहिरोले बगाएकाे बसमा बहुदरमाईका दुई विद्यार्थी पनि वेपता | प्रिन्सपल्स एशोसियसनको वीरगंज नगर समिती गठन, अध्यक्षमा नवीन मिश्र | वीरगंजको ईनरुवामा सशस्त्र प्रहरीको छापा, सात लाख बढीको कपडा बरामद |
२०७९ श्रावण १८, बुधबार १२:३८ बजे

एजेन्सी। युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई राष्ट्रसंघले अनुरोध गरेको हो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसोसिएटेड प्रेससँगका अन्तर्वार्तामा रूसी सेनाले गत मार्चको शुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर एनरहोदरको जापोरिझ्झ्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको बताए ।



उक्त केन्द्रमा आणविक सुरक्षाका हरेक सिद्धान्त उल्लङ्घन गरिएका बताउँदै उनले त्यसले अत्यन्त गम्भीर र खतरनाक परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिए । उनले केन्द्र नजिकको रुस नियन्त्रित क्षेत्रमा चर्केको भीषण युद्धले आणविक केन्द्रको सुरक्षा जोखिममा परेको बताए ।

केन्द्रमा पुग्न आफू, आफ्नो टोलीलाई सुरक्षालगायत अन्य आवश्यक व्यवस्था गर्न उहाँले रुस र युक्रेनलाई अपिल पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय