बसभित्रै विद्यार्थीमाथि चक्कु प्रहार, दुईजना घाइते



कैलाली । कैलालीमा विद्यार्थिहरु बिच बिवाद हुँदा चक्कु प्रहार भएको छ ।

जिल्लाको को घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु बिच सुखड देखी मसुरिया आउने क्रममा बिवाद भएपछि चक्कु प्रहार भएको हो ।

सार्वजनिक बसमै बिवादका कारण चक्कु प्रहारबाट दुई जना घाइते भएका छन् ।

घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत गौरीगंगा ८ बढैपुरका सागर सुनारलाई सार्बजनिक बसमा घर फर्कने क्रममा गौरीगंगा ९ का सुनिल आउजी र गौरीगंगा-५ का पुष्कर भाटले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

चक्कु प्रहार गर्ने दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । घाईते सागर सुनारको घाटी, हात र खुट्टमा चोट लागेको छ । उनको पहलमानपुर पोलिकिल्नीकमा उपचार भैरहको छ । बसमा सबार बर्दगोरीया-१ का जुद्ध साँउदको झडप नियन्त्रण गर्न खोज्दा हातमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज