२०७९ श्रावण १८, बुधबार १४:५६ बजे

काठमाडौं । बर्दियामा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको बर्दिया बढैयाताल गाउँपालिका–५ का संजयकुमार थारुलाई लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाले मंगलबार पक्राउ गरेको हो ।



उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ ।

अदालतले बहुविवाह मुद्दामा गत माघ १० गते फैसला गर्दै थारुलाई १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिबाना सजाय तोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय