२०७९ श्रावण १८, बुधबार १६:०८ बजे

काठमाडौं । अविरल वर्षासँगै बाढीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजका ५६ ढोकामध्ये ४६ ढोका खुला गरिएको छ ।

स्थानीय प्रशासनको समन्वयमा भारततर्फका ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।



सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दा सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेका छन् ।

प्रहरीका अनुसार पानीको तीव्र बहाबका कारण कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय