एसपी मगरको प्रतिबद्धता: कसैसंग कुनै सम्झौता नगर्ने, कसुर अनुसारको कारवाही गरेर कानुनी कटघेरामा ल्याउने



रौतहट, १८ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटमा आउनु भएका प्रहरी उपरिक्षक विरबहादुर बुढा मगर र संचारकर्मीहरु विच बुधवार अन्तरक्रिया एवं परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यभार सम्हालेको भोली पल्ट अर्थात आज दिउसो रौतहट जिल्लाको संचारकर्मीहरु संग समसमायिक विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै परिच्यात्मक कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा संचारकर्मीहरुले अपराध अनुसन्धान, विभिन्न खाले अपराधिक गतिविधि, अबैध मदिरा विक्रीवितरण, पिडितलाई विना पैसाको मुद्दा दर्ता नहुँने, सिमाको चोरी तस्करी, जघन्य प्रवृतिका अपराधमा मोटो रकमको चलखेल आदी लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए ।

संचारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिदै हिजो मात्रै रौतहटको कार्यभार सम्हालेका एसपी मगरले अपराध अनुसन्धानमा हामी कसैसंग कुनै सम्झौता गर्न नसकिने कसुर अनुसारको कारवाही गरेर कानुनी कटघेरामा ल्याउने प्रतिबद्धता जनाउदै अनुसन्धान कार्यमा अलिकति ढिलो हुने गरेको हुँदा धर्य राख्न आग्रह गरे । पिडितहरुलाई विनाभेदभावको मुद्दा दर्ता गराउनमा मद्दत पुर्याउने बताए ।

प्रहरीको आचरण राम्रो भएन भने समाजमा प्रहरी माथि गरिएको आशा र भरोसा सकिने भएको हुँदा नेपाल प्रहरीको मूल मन्त्रलाई आत्मसाथ गर्दै प्रहरीले आफनो आचरणमा सुधार लयाउनुपर्ने बताए । सिमाबाट हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्नमा आफूबाट हुने सकारात्मक सबै सहयोग गर्ने तथा रौतहट जिल्लालाई अपराधमुक्त बनाउने स्पष्ट पारे ।

सो कार्यक्रममा नेपाल प्रहरीको डिएसपी सुनिल मल्ल, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, सचिव मदन ठाकुर, महासंघको पूर्व अध्यक्ष शैलेन्द्रकुमार गुप्ता सहितका संचारकर्मीहरुको उस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज