२०७९ श्रावण १९, बिहीबार ००:५९ बजे

काठमाडौं । आज २०७९ साउन १९ गते बिहिवारको राशिफल ।

मेष



आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।

मिथुन

आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

सिंह

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । विज्ञान र प्राविधिक कार्य अघि बढ्नेछ । उत्साह, जाँगर र उमङ्ग बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।

तुला

आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।

धनु

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

बृष

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

कर्कट

निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

कन्या

सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृश्चिक

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नसक्छ ।

मकर

स्वादिष्ट खानेकुरा खान पाइनेछ । धन हात पनि पर्न सक्छ, तर साँझमा मन भावुक र उत्ताउलो बन्नसक्छ । यात्रा गर्दा सावधानी अपनाउनुपर्ला ।

मीन

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर आफन्त सँग भेटघाट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय