अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७९ श्रावण १९, बिहीबार ०२:०९ बजे

उदयपुर । सप्तकोसी नदी पश्चिमतर्फ धार परिवर्तन गरी मानवबस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिकाका २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो । सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो ।



‘कोसीले केही दिनदेखि कटान गरिरहे पनि सरकारले बेलैमा सक्रियता नदेखाउँदा यस्तो अवस्था आयो,’ बेलका–३ का बासिन्दा अरीलाल उरावले भने । अहिले बाँध भत्काएर कोसी पसेको मानवबस्तीमा २०४५ सालअघि पनि कोसी नै बग्थ्यो। २०४५ सालको भूकम्पपछि बिस्तारै धार परिवर्तन गरी कोसी पूर्वतर्फ हानिएको थियो ।

नदीले छाडेको भागमा २०५१ सालदेखि घर बनाएर मानिस बस्न थालेका थिए । ‘यस्तो विपत्ति आउला भनेर सोचिएन,’ बेलका–३ का अर्का बासिन्दा किसन राईले भने, ‘२०४० सालअघि पनि अहिलेकै बस्तीमा कोसीले पीडा दिएको थियो । पछि कोसी पूर्वतिर हानिएपछि शान्त होला भन्ने सोचेका थियौं तर यसको भर हुँदो रहेनछ ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय