कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध



काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने रहेतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको महाशाखाले जनाएको छ ।



महाशाखाका अनुसार केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । यस्तै उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अस्ति राति र हिजोको तुलनामा आज पानी केही कम भएको छ ।

हिजो बिहान सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भएका छन् । बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेका र थप क्षति हुनसक्ने भन्दै जिल्ला प्रशासनले सबै नागरिकलाई सुरक्षित ठाउँतर्फ जान पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज