२०७९ श्रावण १९, बिहीबार ०५:४२ बजे

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण सकेर फिर्ता भइसक्दा पनि चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको छ ।

चीनले ताइवानको स्वशासित टापुमा बिहीबार गरेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।



उक्त सैन्य अभ्यासका कारण पानी जहाजको मार्गमा पनि असर पुगेको बताइएको छ । पेलोसीले भने बुधबार ताइवान छाडिसकेकी छन् ।

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित बनेको हो । चिनियाँ अधिकारीहरूले पेलोसीको भ्रमणको चर्चा भएदेखि नै विरोध जनाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय