अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ श्रावण १९, बिहीबार ०६:३२ बजे

अछाम । अछाममा स्थानीय तहले करार सेवामा कर्मचारी नियुक्ति गरेर तलब भत्तामा वार्षिक करिब १६ करोड रुपैयाँ भुक्तानी गर्दै आएको पाइएको छ ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/०७८ मा ९०१ जनाभन्दा बढी कर्मचारीको लागि १५ करोड ९५ लाख ७७ हजार रुपैयाँ खर्च गरेका छन् ।



महालेखाका अनुसार ०७७/०७८ मा जिल्लाका ८ वटा स्थानीय तहले मापदण्डविपरीत करारमा कर्मचारी नियुक्ति गरेर एक करोड ९८ लाख ४३ हजार रुपैयाँ खर्च गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा आफ्नो अधिकार क्षेत्र र कार्यबोझ विश्लेषण गरी संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण प्रतिवेदनका आधारमा स्थायी प्रकृतिको कामका लागि अथवा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ ।

ऐनको दफा ८३ (८) मा माली, चालक, कार्यालय सहायक, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदारलगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने उल्लेख छ । तर, स्थानीय तहले कृषि, स्वास्थ्य, पशु विकास, शिक्षा, निर्माण तथा प्रशासनिक क्षेत्रमा करार कर्मचारी भर्ना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय